
काठमाडौँ, १० असार । रवि लामिछानेले नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आएको विवादबारे प्रष्टिकरण दिएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमाा उनले स्वतन्त्र पार्टी नाम राख्न निर्वाचन आयोगले नमाने विकल्प खोज्ने स्पष्ट पारेका छन् ।
उनले अन्य देशको उदाहरण दिँदै विभिन्न देशमा ‘इन्डिपेन्डेन्ट’ नाम जोडेर पार्टी गठन गरिएको बताए ।
यद्यपि, निर्वाचन आयोगले अनुमति नदिएको खण्डमा आफूहरू विकल्प खोज्न बाध्य हुने उनको भनाइ छ ।
उनले स्वतन्त्र उम्मेदवारहरूको विरुद्धमा आफ्नो पार्टी नउत्रिएको पनि स्पष्ट पारे ।
लामिछानेले भने, ‘हामीले स्वतन्त्र रूपमा उठ्नुभएका वा उठ्न चाहेकाहरुलार्ई पनि समेट्ने सोच राखेर पार्टी गठन गरेका हौँ । स्वतन्त्रका विरुद्ध हामी छैनौँ ।’
त्यस्तै, स्वतन्त्र उम्मेदवार उठेका स्थानमा आफ्नो पार्टीले उम्मेदवारी नदिने समेत लामिछानेले बताएका छन् ।















प्रतिक्रिया