२ कार्तिक २०८३, सोमबार

‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । ११ वर्ष अघि सार्वजनिक भएको गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ।

सुजाता केसीको आवाजमा गीत सार्वजनिक भएको हो। मेल भर्सनमा रुपक डोटेलले यो गीतलाई गाएका थिए। मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की फिचर्ड छन्। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो।