
तनहुँ, १० असार । व्यास नगरपालिका वडा नं १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले अबको पाँच वर्ष भित्र दमौलीदेखि केशवटारसम्म कालोपत्रे हुने बताए ।
पहिलो कार्यकालमा नै सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको भएता पनि कोराना महामारी र राजनैतिक खिचातानीको कारण दमौलीदेखि पोखरी भन्ज्याङ्गसम्म मात्र कालोपत्रे भएको उनले बताए ।
२०३१ सालमा नै सडकको ट््रयाक खोलिएको भएता पनि हालसम्म यो मार्गमा कालोपत्रे नहुनु दुःखद भएको समेत उनले बताए । आश्वासन दिने तर काम नहुने नै प्रमुख कारण भएको हुँदा अबको कार्यकालमा जसरी पनि उक्त मार्ग कालोपत्रे गर्ने उनले बताए ।
त्यसका लागि संघीय सरकारबाट १ करोड ४७ लाख र गण्डकी प्रदेश सरकारबाट ५ करोड रुपैयाँ बजेट विनियोजन भईसकेको हुँदा अबको आर्थिक वर्षबाट नै कालोपत्रेको थालनी गरिने समेत उनले बताए ।
सदरमुकाम दमौली बजारबाट १४ किलोमिटर दुरीमा रहेको मार्गमा अहिलेसम्म ४ किलोमिटर मात्र कालोपत्रे भएको छ । बाँकीको मार्ग यही कार्यकाल भित्र कालोपत्रे गर्ने योजना लिएको छु, जसरी पनि यो काम गर्दछु, वडाध्यक्ष श्रेष्ठले बताए ।
इति मात्र नभई संघीय बजेट र प्रदेश बजेटले पुग्ने ठाउँसम्म कालोपत्रे गर्ने र त्यसपछिको मार्गका लागि भनेर विश्व बैंकसँग सम्झौता समेत भइसकेको उनले बताए ।
संघीय र प्रदेश सरकारको बजेटले मात्र कालोपत्रे गर्न नपुग्ने हुँदा यो वाटो कालोपत्रेका लागि एकीकृत सहरी विकास आयोजना (आईयुडीपी प्लान टु)अन्र्तगत विश्व बैंकसँग नगरपालिकामार्फत सम्झौता समेत भएको उनले बताए ।
विश्व बैंकसँग भएको सम्झौता बमोजिम ३ वटा मार्गमध्ये दमौली केशवटार मार्ग पनि एउटा हो । जसको लागि विश्व बैंकसँग ७५ करोड योजनाको सम्झौता भएको समेत उनले वताए ।















प्रतिक्रिया