
काठमाडौँ, १० असार । रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममै विवाद आएपछि पत्रकार सम्मेलन गरिने भएको छ ।
शुक्रबार अपराह्न ४ बजे पार्टीले रिपोर्टर्स क्लबमा पहिलो पत्रकार सम्मेलन गर्ने पार्टी प्रवक्ता मुकुन्द ढकालले जनाएका छन् ।
असार ७ मा घोषणा गरिएको पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भएको छ । पत्रकार सम्मेलनमा यसबारे स्पष्ट गरिने बताइएको छ ।















प्रतिक्रिया