२ कार्तिक २०८३, सोमबार

पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि बम फेला, निष्क्रिय पारिँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनर, १० असार । नेकपा (एमाले)का नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु भेटिएको छ ।

झापाको गौरादह नगरपालिका –३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि विहान साढे ५ बजेतिर प्रेसर कुकर बमजस्तो वस्तु फेला परेको हो ।

प्रेसर कुकर बम हुनसक्ने आशंकामा सेनाको टोलीले निष्कृय पार्ने काम गरिरहेको छ ।

आज विहान ४ बजे लाइट नबाली आएका मानिसहरुले त्यो वस्तु राखेको हुनसक्ने कार्कीले बताए ।

उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीरसहित लेखेका छन्, ‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’