२ कार्तिक २०८३, सोमबार

युवा संघको मसाल जुलुसमा झडप, हेर्नुस् भिडियो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । नेकपा एमाले निकट युवा संघ नेपालले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको विरोधमा प्रहरीसँग झडप भएको छ ।

बिहीबार साँझ काठमाडौँको बानेश्वरमा संघका कार्यकर्ताहरुले निकालेका राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीले सरकारी गाडी तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही घाइते पनि भएका छन् ।

युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मूल्यवृद्धिको फिर्ताको माग गर्दै प्रदर्शन गरेका थिए ।

भिडियोः