
काठमाडौँ, ९ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौँ नगरपालिका वडा नं. २५ असन बजारमा बिहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका संचालक समिति सदस्य प्रा.डा. गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । असन शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।
बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया