
काठमाडौँ, ९ असार । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आइएमई पे”ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एपमार्फत भुत्तानी गर्दा दिनभरीमा १०% छुट –अधिकतम रू.१०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्नेछ । अफर यही असार १०, २०७९ शुक्रबार दिन १ दिनको लागि मात्र मान्य हुनेछ ।
अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफरअन्तर्गतको क्यासब्याक प्राप्त गर्न सक्दैन ।
आइएमई पे नेपालकै अग्रणी फिनटेक मध्ये एक हो जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्यआर्थिक लाभहरू प्रदान गरिरहेको छ । वित्तीय समावेशीताको सामूहिक लक्ष्यका साथ आइएमई पे आफ्ना सेवाहरू एक सरल तर प्रभावकारी एपमार्फत देशका हरेक कुना–कुनामा उपलब्ध गराउनमा केन्द्रित रहेको छ ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे”आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।
यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ ।
२० लाख भन्दा बढि ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।















प्रतिक्रिया