२ कार्तिक २०८३, सोमबार

आलेविरुद्ध सर्वोच्चमा रिटः मन्त्रीबाट बर्खास्ती र चुनाव लड्न रोक लगाउन माग

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ असार । पर्यटनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अश्लिल गाली गलौज गरेको प्रकरणलाई लिएर उनलाई मन्त्रिबाट बर्खास्त गर्न र आगामी निर्वाचनमा उठ्न रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

बिहीबार आलेविरुद्ध अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले रिट दर्ता गरेका हुन् ।

मन्त्री आलेले नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गलौज गरेको अडियो भाइरल भएको थियो ।

त्यस्तै यसअघि पनि भारत बस्दै आएका अछामका एक व्यक्तिलाई आलेले मुख छाडेको अडियो भाइरल भएको थियो ।

रिटमा आलेको तत्काल बर्खास्तीका लागि अन्तरिम आदेशको माग गरिएको छ ।