
चितवन, ९ असार । आगामी संसदीय निर्वाचनमा चितवनको क्षेत्र नं. ३ बाट धर्मेन्द्र सापकोटाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिँदै उनको क्षेत्रबाट निर्वाचन लड्न आँटेका हुन् ।
तत्कालीन माओवादीको एम्बुसमा परी ३८ जना निर्दोषहरुको ज्यान जाने गरी भएको घटनाका पीडितको न्यायका लागि भन्दै आफूले प्रतिनिधिसभा सदस्याका उम्मेदवारी दिएको सापकोटाले जनाएका छन् । चितवनको माडीमा भएको उक्त घटनाका पीडितले हालसम्म पनि न्याय पाएका छैनन् ।
सापकोटा सञ्चार उद्यमीका रुपमा परिचित छन् । उनले आमा केयर फाउन्डेसनमार्फत सामाजिक कार्य पनि गर्दै आएका छन् ।
















प्रतिक्रिया