२ कार्तिक २०८३, सोमबार

एसपीपी अस्वीकार गर्ने निर्णयको प्रशंसा गर्दै चीनले भन्यो– हामी सधैँ साथमा छौँ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । नेपालले अमेरिकाकाले सैन्य गठबन्धन स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन अस्वीकार गरेमो चीनले प्रशंसा गरेको छ ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको निर्णयलाई चीनले नोटिसमा लिएको बताए ।

उनले नेपालमा एसपीपीलाई लिएर जनता, धेरै राजनीतिक दलसहित सेनाले समेत विरोध गरेको उल्लेख गरे ।

एसपीपी हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको उनको भनाइ छ ।

चीनले नेपाललाई असल छिमेकीको रुपमा सधै सहयोग गर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेन स्पष्ट पारे ।

उनले नेपालको असंलग्न परराष्ट्र नीतिलाई चीनले सँधै सम्मान गर्ने बताए ।