
काठमाडौँ, ९ असार । नेकपा एमाले निकट युवा संघ नेपालले सरकारले अस्वभाविक रुपमा बढाएको पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध राँके जुलुस निकालेको छ ।
संघले नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट राँके जुलुस सुरु गरी माइतिघरलगायत क्षेत्र परिक्रमा गरेको छ ।
जुलुसका क्रममा सरकारी गाडीमा समेत तोडफोड भएको छ ।
नेपाल आयल निगमले यसै साता प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मुल्य बढाएको थियो । डिजेलमा पनि प्रति लिटर २७ रुपैयाँ बढाइएको छ ।
त्यस्तै, दैनिक उपभोग्य खाद्यन्नमा पनि सरकार र अर्थमन्त्रीकै सेटिङमा मूल्य वृद्धि गरेको भन्दै देशभर प्रदर्शन गर्ने संघले जनाएको छ ।















प्रतिक्रिया