
काठमाडौँ, ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारहरु राजनीतिमा आएर चुनाव जित्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।
बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले विद्यमान स्थापित दलहरू युवाको भावनासम्म पुग्न नसकेको क्षति भर्नलाई नयाँ मानिस आउने बताए ।
ओलीले भने, ‘युवाहरूमा फ्रस्टेसन छ भनिथ्यो अलि एक–दुई वर्षअघिघसम्म । युवाहरू पार्टीमा संगठित हुन पाएनन् वा पार्टीहरू युवासम्म पुग्न सकेनन् । विचार सम्प्रेषण गर्न सकेनन् र पार्टीले युवालाई आफ्नो विचारमा समेट्न सकेनन् । यस्तो ठाउँमा उनीहरू आफैं संगठित भएर आउनु स्वाभाविक हो । युवामा राजनीतिप्रतिको आकर्षण हुन राम्रो कुरा हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’
अध्यक्ष ओलीले नेपालमा एमाले र कांग्रस नै मुख्य पार्टी रहेको र उनीहरुले भनेको कार्य गर्न नसेकको भन्दै राम्रो गर्छु भनेर आउनेलाई रोक्न नहुने बताए ।
ओलीले स्वतन्त्रहरूको एउटा लहर आएको भन्दै भेलमा माछा समाउँछु भन्नेहरू पनि यसमा मिसिएको टिप्पणी गरे । अध्यक्ष ओलीले पत्रकार, कलाकार पनि यो भेलमा आइरहेको भन्दै अरुलाई नालायक भनेर आफूमात्र लायक भन्नेहरू थोत्रो राजतन्त्रको उत्खनन् गरिरहेको पनि बताए ।















प्रतिक्रिया