२ कार्तिक २०८३, सोमबार

चर्को मूल्य वृद्धिविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने एमालेको निर्णय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । सरकारले गरेको चर्को मूल्य वृद्धिविरुद्ध प्रमुख विपक्षी नेकपा एमालेले आफ्ना जनसंगठनलाई सडकमा उतार्ने निर्णय गरेको छ ।

अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दालाई लिएर एमाले जनसंगठन समन्वय संयन्त्रले जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरेको हो ।

संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेले सरकार छोडेको एक वर्ष पनि नभइ तेलको मूल्य तेब्बरसम्म बढ्नुले जनतालाई सास्ती दिएको निष्कर्षसहित आन्दोलनका लागि संगठन परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूको पनि उपस्थिति थियो ।