
काठमाडौँ, ९ असार । नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएको छ ।
सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको सचिवालय र स्थायी कमिटीको बैठकले गरेको निर्णय बिनासर्त कार्यान्वयन हुनुपर्ने बताए ।
उनले मन्त्रीहरुले बिनासर्त पार्टीको निर्णय मान्नुपर्ने बताए । उनले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ ।’
मन्त्री हेरफेरको निर्णयविरुद्ध पार्टीको केही मन्त्रीहरुले असन्तुष्टि राख्दै विरोध गरेका छन् ।















प्रतिक्रिया