
काठमाडौँ, ९ असार । काठमाडौँको बूढानीलकण्ठमा एक जना महिला मृत अवस्थामा भेटिएकी छन् ।
बूढानीलकण्ठ नगरपालिका– ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर–८ स्थित भंगालमा मृत अवस्था भेटिएकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको मैनालीले बताएका छन् ।















प्रतिक्रिया