२ कार्तिक २०८३, सोमबार

विप्लवका चार नेताले छाडे पार्टी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार नेताले पार्टी छाडेका छन् ।

पूर्व पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’, केन्द्रीय सल्लाहकार सदस्य शंकर बहादुर खड्का ‘सिकन्दर’, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी ‘अग्नि’ र हाल विशेष कमिटी सदस्य रमेश परियार ‘जीवन’ संयुक्त विज्ञप्ति जारी पार्टीमा नरहने जानकारी गराएका हुन् ।

“आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ । अहिलेसम्म सहकार्य गरेको सा पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरूलाई हार्दिक धन्यवादसहित भविष्यमा फेरि पनि राजनीतिका कुनै मोर्चामा भेट हुने अपेक्षा गर्दै आजैदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।