शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै

दैनिक नेपाल २०७९ असार ९ गते ११:४७

फाइल तस्वीर

काठमाडौँ, ९ असार । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आज (बिहीबार) देखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको जानकारी दिए।

उनका अनुसार आजबाट २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ।

तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित