२ कार्तिक २०८३, सोमबार

बागबजारको पानीमा भेटियो हैजाको जीवाणु, कसरी पिउने पानी ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । काठमाडौँको बागबजारका धारा तथा ट्युबवेलको पानीमा हैजा फैलाउने जीवणु भेटिएको पुष्टि भएको छ ।

त्यस क्षेत्रका पानीका श्रोतको नमुना परीक्षण गराउँदा हैजा फैलाउने जीवाणु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

परीक्षणमा पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।

हालसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ ।

पानीमा हैजा भेटिएपछि विज्ञहरुले पानी उमालेर मात्रै पिउनलाई सुझाव दिएका छन् ।

दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली भएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । दिसामा पाइने जीवाणुले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्ने चिकित्सकहरुको भनाइ छ ।