
काठमाडौँ, ८ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनकै कारण आफ्नो पार्टीले कम सिट ल्याएको आरोप लगाएका छन् ।
वुधवार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौँको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
खनालले गठबन्धनकै कारण एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा ल्याउने जति सिट नल्याएको दावी गरेका हुन् ।
त्यस्तै, खनालले गठबन्धनले आफूहरुलाई अपमान गरेको पनि बताए ।
सम्मानित नेता खनालले भने, ‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौँ, नौ होइन, २० लाख भन्दा बढी मत छ हाम्रो । त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौँ । यसमा हाम्रा पनि केही त्रुटी कमजोरीहरु रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान ग¥यो । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ ।’















प्रतिक्रिया