२ कार्तिक २०८३, सोमबार

मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्न एकीकृत समाजवादीको दवाव

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । नेकपा एकीकृत समाजवादीले हाल सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएको छ ।

वुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तुरुन्त कार्यान्वयन गर्न दवाव दिने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन, तुरुन्त कार्यान्वयन गर्नुपर्यो भनेर निर्णय गरेका छौं’ खनालले भने, ‘आज हाम्रो अध्यक्ष त्यही निर्णयलाई लिएर कुराकानी गर्न जानुभएको छ ।’

एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो ।