२ कार्तिक २०८३, सोमबार

न्यायाधीश–अधिवक्ताबीचको घूसको अडियोबारे छानबिन गर्न समिति गठन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच डिल गरेको फोनवार्ताबारे छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ ।

उनीहरुबीचको घूस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच घूस लेनदेनको कुराकानीको अडियो बाहिरिए न्याय क्षेत्र तरंगित बनेको छ ।

यसैबीच न्यायाधीश कोइरालाले आफूबारे आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिनका लागि सहयोग गर्ने समेत सामाजिक सञ्जालमार्फत जनाएका छन् ।