२ कार्तिक २०८३, सोमबार

सरकारको नीतिले ५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्ः दुर्गा प्रसाईं

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारका नीतिका कारण आगामी ५ वर्षमा नेपालका निजी अस्पतालहरु बन्द हुने बताएका छन् ।

वुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारको नीतिका कारण आगामी ५ वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने उनको भविष्यवाणी रहेको छ ।

उनले भने, ‘देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको उनको भनाइ छ । सबै नेपालमा नर्सिङ पढ्नै नपाइने उनको भनाइ छ ।

‘नेपालमा सञ्चालनमा रहेका नर्सिङ कलेज बन्द हुँदैछन् । नेपालमा भएका नर्सहरू विदेश जाँदैछन्,’ उनले भने, ‘त्यसपछि नेपालमा नर्सिङ पढ्नै पाइँदैन । भारत वा अन्य देशतर्फ लाग्नुपर्छ ।’ यस्तै, नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने प्रसाईंले बताए ।

‘अहिले नेपालका शिक्षण अस्पताल बन्द गरेर पढ्न विद्यार्थीलाई बाहिर पठाइरहेका छौं,’ प्रसाईं थप्छन्, ‘अब नेपालमा भएका नर्सलाई पनि बाहिर पठाउँदै छौं । यसपछि, नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनुपर्छ ।’