
काठमाडौँ, ८ असार । अफगानिस्तानमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २५० जनाको मृत्यु भएको छ ।
पूर्व अफगानिस्तानको पक्तिका प्रान्तमा गएको ६.१ म्याग्निच्युटको भूकम्पको कारण २५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
पक्तिका प्रान्तका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले हालसम्म २५० जनाको मृत्यु पुष्टि भए पनि उक्त संख्या बढ्न सक्ने सम्भावना छ ।
‘दुर्भाग्यवश हिजो राति पक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गएको छ, जसले हाम्रा सयौं देशवासीको ज्यान लिनुका साथै र कैयौंलाई घाइते बनाएको छ । यस्तै दर्जनौं घरहरू ध्वस्त भएका छन्’, अफगानिस्तान सरकारका प्रवक्ता बिलाल कारिमीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन् ।
बुधबार बिहान गएको उक्त भूकम्पको कम्पन अफगानिस्तान सँगसँगै भारत र पाकिस्तानसम्म महसुस गरिएको रोयटर्सले जनाएको छ ।















प्रतिक्रिया