२ कार्तिक २०८३, सोमबार

बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ८ असार । कञ्चनपुरको वेदकोट नगरपालिका ७ सुडास्थित पुर्वपश्चिम राजमार्गमा बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान महेन्द्रनगरबाट बर्दियातर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।