२ कार्तिक २०८३, सोमबार

न्यायाधीश र व्यवसायीबीच घुस लेनदेनको अडियो सार्वजनिक, बोलाइयो न्यायपरिषद्को आकस्मिक बैठक

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । काठमाडौँ जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बोलाइएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाण्डौ जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने छ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूलाई आउने पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइरालाले आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।