५ कार्तिक २०८३, बिहिबार

महङ्गीको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, ८ असार । महङ्गी नियन्त्रण र किसानलाई मलको आपूर्ति सहज बनाउन माग गर्दै जनता समाजवादी पार्टी नेपाल तुलसीपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

जसपा तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महताराले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई मूल्य वृद्धि नियन्त्र र रासायनिक मलको आपुर्तिमा सहजता ल्याउन मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

इन्धनको मूल्य आकासिदा नागरिकको दैनिकी अस्तव्यस्त हुन थालेकाले महंगी नियन्त्रण गर्न प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जसपा नगर अध्यक्ष महताराले बताए ।

‘मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारीका विरुद्ध हामी छौँ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘किसानलाई खेतीपाती गर्ने बेलामा रासायनिक मलको अभाव भइरहेको छ, यसको लागि किसानले सहजरुपमा मल पाउने वातावरण निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछौँ ।’