२ कार्तिक २०८३, सोमबार

केशवटारमा महिलालाई नेतृत्व विकास तालिम सम्पन्न

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विवि श्रेष्ठ

केशवटार, ७ असार । महिला शक्ति विकास केन्द्र नेपाल तनहुँको आयोजनामा व्यास नगरपालिका वडा न. १४ मा नेतृत्व सीप विकास सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।

असार ३ देखि ५ गते सम्म संचालन भएको तालिममा महिलाको नेतृत्व तथा विकास सम्वन्धी बारेमा तालिम दिइएको थियो ।

केशवटार सामुदायिक होमस्टेमा संचालन भएको कार्यक्रममा महिलालाई आत्मनिर्भर बनाउने, नेता र नेतृत्वको विकास गर्ने, उद्घोषण कला र सकारात्मक सोचको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।

तालिममा प्रशिक्षकद्वय लिलामाया गौली र मधुमाया घर्ति विकले महिलाहरु समाजको शक्ति भएको हुदाँ समयसँगै महिला पनि हरेक विषयमा अब्बल हुनुपर्ने बताएका थिए ।

समाजमा महिलालाई सहयोगीको भुमिकामा मात्र हेर्ने दृष्टिकोण भएको हुँदा महिलाले आफूलाई हरेक क्षेत्रमा अगाडी बढाउनुपर्ने बताएका थिए ।

नेतृत्वको विकासले महिलाको आत्मविश्वास बढ्ने हुँदा त्यसका लागि सकारात्मक सोच र ईच्छाशक्ति हुनुपर्ने पनि प्रशिक्षकले बताएका थिए । यसैगरि कार्यक्रमका प्रशिक्षार्थी सुधा श्रेष्ठले तालिम लिए पाश्चात आफूलाई आत्माविश्वास बढेको वताए ।

कार्यक्रममा राशि भन्ज्याङ्ग, कुलुङ्ग, मास्दीघाट, केशवटार, रुम्सी, नयाँ गाउँ, हर्कपुर ठिन लगायतको स्थानबाट गरि ३० जना महिलाहरुले तालिम लिएका थिए ।