२ कार्तिक २०८३, सोमबार

हवाई उडान नरोक्न वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान नरोक्न वायुसेवा कम्पनीहरुलाई चेतावनी दिएको छ ।

वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै वुधबारदेखि उडान रोक्ने जानकारी दिएको थियो ।

संघको निर्णय आएलगत्तै पत्रकार सम्मलेनमार्फत प्राधिकरणले संघलाई उडान नरोक्न चेतावनी दिएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा गर्न अनिवार्य गराएपछि विमान सेवा कम्पनीहरुले विरोध जनाएका हुन् ।

प्राधिकरणले सबै कम्पनीका लागि यो नियम ल्याइएको स्पष्ट पार्दै संघलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको हो ।