शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

हङकङसँग पराजित भए पनि नेपाल सेमिफाइनलमा

दैनिक नेपाल २०७९ असार ७ गते १५:३०

काठमाडौँ, ७ असार । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा हङकङसँग ७ विकेटले पराजित भए पनि नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गरेका थियो ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित