
काठमाडौँ, ७ असार । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अहिलको सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने बताएका छन् ।
आफूहरुले गठबन्धन ढाल्न नखोजेको तर सरकार आफ्नै कारणले ढल्ने नेता बस्नेतको भनाइ छ ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको बितेको करिब एक वर्षमा कुनै पनि राम्रो काम गर्न नसकेको बताए ।
उनले बजेटको अघिल्लो दिन विषय विज्ञका नाममा ठूलो घरनाका मान्छे मन्त्रालय छिरेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाए ।
एमालेले सदनमा अर्थमन्त्रीको राजीनामा माग गरेको स्मरण गर्दै नेता बस्नेतले चर्को मूल्य वृद्धिविरुद्ध एमाले निकट अनेरास्ववियुले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको बताए ।















प्रतिक्रिया