२ कार्तिक २०८३, सोमबार

पार्टीको भीडमा नयाँ पार्टी खोल्दै रवि लामिछानेले के भने ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । लामो समयको सञ्चार कर्म छाडेर राजनीतिमा होमिएको रवि लामिछानेले राजनीतिक दलको भीडमा नयाँ पार्टी खोलेका छन् ।

मंगलबार राष्ट्रिय सभामा आयोजित समारोहमा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् ।

उनले काठमाडौँबाट निर्वाचन लड्ने लक्ष्यसहित पार्टी खोलेका हुन् । लामिछानेलाई आआफ्नो पक्षमा बनाउन विद्यमान राजनीतिक दलहरुले कसरत गरे पनि उनले आफ्नै पार्टी खोलका हुन् ।

उनले आफूलाई कुन क्षेत्रबाट निर्वाचन लड्ने भनेर प्रश्न आउने गरेको बताए । ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’

आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको लामिछानेले बताए ।

उनले आफू कहाँबाट आगामी निर्वाचन लड्ने भन्नेबारे आफ्नो नवगठित पार्टीका सदस्यहरुको सुझावका आधारमा अघि बढ्ने बताए ।

‘आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईँहरुको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ अधिकांश दर्शकहरुले मलाईमात्र होइन, यहाँ जोडिने उम्मेदवारलाई रुचाउनु हुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौं,’ उनले भने, ‘एक पटक यसपाली हामी त्यो मेन स्वीच अफ गर्नका लागि एउटा तारको जिम्मा म लिन्छु, एक जनालाई संसद छिर्नबाट म रोक्छु, त्यसैगरी अर्कोलाई रोक्न तपाईँ, तपाईँ, तपाईं देशैभरीबाट आउनुहोला, रोकौं । वेथितीको यो मेन स्वीचलाई अफ गरिदिउँ ।’