
काठमाडौँ, ७ असार । ‘मानव जीवनका लागि योग’ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
वुधबार काठमाडौँस्थित भारतीय दूतावासमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीसहितले योग गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नियमित योग अभ्यासले व्यक्ति तनावबाट मुक्त र स्वस्थ हुने बताएका छन् । योगले काममा सकारात्मक गुण र कार्यक्षमताको विकास गर्ने बताउदै उनले नियमित योगले रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने जनाए ।
त्यस्तै, सैनिक मुख्यालय (जङ्गी अड्डा) मा आयोजना गरिएको योग कार्यक्रममासमेत प्रधानमन्त्री देउवा सहभागी भएका छन् ।
हेर्नुस् तस्वीरहरु:
















प्रतिक्रिया