२ कार्तिक २०८३, सोमबार

बिहेको प्रलोभन देखाएर बलात्कारको आरोपमा एकजना प्रक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । बिहेको प्रलोभनमा देखाएर बलात्कारपछि लुटपाटमा संलग्न एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ। काभ्रे तिमाल गाउँपालिका–९ स्थायी बसोबास भई हाल बनेपा बस्दै आएका २९ वर्षीय भोटे भनिने विश्व तामाङलाई गएराति प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

तामाङ जेठ २९ गते राति २४ वर्षिय युवतीलाई बिहेको​ प्रलोभन देखाएर भोटेबहालको एक रेष्टुरेन्टमा करणीपछि नगद र गहना लुटेर फरार भएका थिए।

उनले पीडित युवतीको साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल लुटेको प्रहरीले जनाएको छ। उनलाई प्रहरी बृत्त कालीमाटीबाट खटिएको विशेष प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।