शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाजसेवी गुरुङद्वारा धरानमा सरसफाइ सामग्री सहयोग

दैनिक नेपाल २०७९ असार ७ गते १०:०२

धरान, ७ असार । बेलायतमा बस्दै आएकी इशा गुरुङले धरान उपमहानगरपालिकालाई एक लाख बराबरको डस्टबिन सहयोग गरेकी छिन् ।

हर्क सन्पाङ जस्ता इमानदार र जनताप्रती जिम्मेवार मेयरलाई सबैतिरबाट सहयोग हुनुपर्नेमा इशा गुरुङ जोड दिन्छिन् । लामो समय देखि गुरुङ बेलायतमा बस्दै आएकी छिन् ।

देशका विभिन्न ठाँउमा आफ्नो क्षमताले भ्याएसम्म समस्या परेका मानिस र तप्कालाई सहयोग गर्दै आएकी गुरुङ सामाजिक संजालमा पनि चर्चामा रहनेगर्छिन् ।

केही दिन अगाडि मात्र गुरुङले सुर्खेतको एक विद्यालयमा विद्यार्थी हरुलाई कपिकलम वितरण गरेकी थिइन् ।

गुरुङको समाजसेवी भावनाका कारण देशभर जहाँ समस्या पर्छ त्यहाँ इशालाई सम्झिन्छ्न । कास्की जिल्लामा जन्मिएकी गुरुङ आज समाजसेवीका रूपमा देश बिदेशमा चर्चित छन् ।

प्रतिक्रिया
सम्बन्धित