२ कार्तिक २०८३, सोमबार

कामना सेवा विकास बैंकले काठमाडौँमा शौचालय सार्वजनिक प्रयोगका लागि दिने सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका शाखाहरुमध्ये बैंकका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ ।

जसका लागि सोमबार काठमाडौँ महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नगर कार्यपालिकाको २०७९ जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप कामना सेवा विकास बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ ।

कामना सेवाविकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौँलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यबद्धता जनाएको बताए ।