२ कार्तिक २०८३, सोमबार

सानिमा बैंकले पाटन अस्पतालमा निम्न आर्थिक भएका महिलाहरुलाई उपचार गर्ने सम्झौता नवीकरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ ।

बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।

सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्तिरु. बीस हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ ।

सानिमा बैंकले प्रत्येक “नारी बचत खाता”बापत बैंकको तर्फबाट मासिक रु. १को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनःनवीकरण गर्दै आइरहेको छ ।

पाटन अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।