२ कार्तिक २०८३, सोमबार

चर्को विरोधपछि एसपीपी फिर्ता गर्न अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ६ असार । सरकारले अमेरिकालाई एसपीपी सम्झौता नगर्ने पत्र लेख्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा यसको चर्को विरोध गरेपछि सरकार पछि हटेको हो ।

सामाजिक सञ्जालसहित सर्वत्र आलोचना भएपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले एसपीसी सम्झौता नगर्ने पत्र अमेरिकालाई निर्णय गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले नेपाल वायुसेना निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय समेत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग विवाद भएपछि अधिकारीलाई निलम्बन गरिएको हो । मन्त्री आलेले आफ्नो कमजोरी ढाकछोपका लागि अधिकारीलाई निलम्बनको सिफारिस गरेको बताइएको छ ।