२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवालाई कांग्रेसका दुई महामन्त्रीले एसपीपीबारे के भने ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग पछिल्लो घटनाक्रमका विषयमा छलफल गरेका छन् ।

उनीहरुले सोमबार विहान बालुवाटार पुगेर समसामयिक विषयमा छलफल गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री देउवासँग पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे छलफल गरेको बताइएको छ । कांग्रेसको विधान सम्पन्न भएको ६ महिना बितिसक्दा पनि सांगठनिक कार्य गर्न बाँकी रहेका छन् ।

उनीहरूले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्न देउवालाई सुझाव दिएका छन् ।

उनीहरु राष्ट्रिय सहमति जुटाएर एसपीपी सधैँका लागि बन्द गर्न प्रधानमन्त्री देउवालाई आह्वान गरेका छन् ।