२ कार्तिक २०८३, सोमबार

एमालेको अवरोधपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । प्रतिनिधिसभाले पेट्रोलियम पदार्थ गरिएको मूल्यवृद्धिबारे जवाफ दिन दिर्नेशन दिएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारको जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु’ सभामुख सापकोटाले भने, ‘यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’

नेकपा एमालेका सांसदहरुले पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिबारे सरकारसँग जवाफ माग गर्दै संसद अवरोध गरेपछि सभामुख सापकोटाले सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर १९९ र डिजेलको १९२ रुपैयाँ पुर्याएको छ । यसको सर्वत्र चर्को आलोचना भइरहेको छ ।