५ कार्तिक २०८३, बिहिबार

बैठकमै कुटाकुट भएपछि अखिल क्रान्तिकारीका उपाध्यक्षसहित नौ जना निलम्बित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरिएको छ ।

हिजो आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो । संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको बताइएको छ ।

अखिल क्रान्तिकारीको हिजो आइतबार बसेको बैठकमा विद्यार्थी नेताहरूबीच कुटाकुट भएको थियो । तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो ।

संगठनभित्र समानान्तर कमिटी चलाएको आरोपमा यसअघि पनि कार्कीलाई कारवाही गरिएको थियो ।