५ कार्तिक २०८३, बिहिबार

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा असार १५ मा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । सानिमा जनरल इन्स्योरेन्सले असार १५ गते विशेष साधारणसभा गर्ने भएको छ ।

कम्पनीको विशेष साधारणसभा काठमाडौंमा हुनेछ । गत जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

बीमा कम्पनीहरूमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारणसभा बोलाएको छ ।

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले ८ मा बुक क्लोज गर्नेछ । जसअनुसार ७ असारसम्म कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।