
काठमाडौं, ६ असार । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिँदैछ । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्नेछन् ।
त्यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९’ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची आजको बैठकमा छ ।















प्रतिक्रिया