१ कार्तिक २०८३, आइतबार

एसीसी महिला टी–२० च्याम्पियनशीपमा नेपालले आज बहराइनसँग खेल्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । एसीसी महिला टी–२० च्याम्पियनशीपमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

खेल किनरारा ओभलमा बिहान सवा ८ बजे हुनेछ । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रनले र कुवेतलाई २५ रनले हराएको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । बहराइनलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ ।

बहराइन २ खेलमा १ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ ।