२ कार्तिक २०८३, सोमबार

देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्दै, को आउँदै, को जाँदैछन् ?

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साता मन्त्रिपरिषद पुनर्गठन गर्ने बताइएको छ ।

उनले आगामी निर्वाचनलाई ध्यानमा राखेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका बुझिएको छ ।

जसका लागि उनी आफू निकट नेताहरुसँग परामर्शमा रहेको बुझिएको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा)लाई पनि सरकारमा सहभागी गराउने कसरत गरिरहेका छन् ।

मेन्त्री हेरफेर हुँदा नेकपा एकीकृत समाजवादी पार्टीले भवानी खापुङ बाहेक सबैलाई फिर्ता बोलाउने भएको छ भने खापुङ स्वास्थ्यमन्त्री बन्नेछन् ।

उता जनता समाजवादी पार्टी (जसपा)बाट पनि रेनु यादव, महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र रामसहाय यादवमध्येबाट रेनुले मात्रै निरन्तरता पाउने बताइएको छ ।

त्यस्तै, अन्य चाँही अमृता अग्रहरी, प्रमोद यादव र प्रदीप यादवको सम्भावना छ ।

त्यस्तै, कांग्रेसबाट देउवाले कम्तिमा दुई मन्त्रीलाई फिर्ता बोलाएर पार्टीभित्रको फरक समूहलाई व्यवस्थापन गर्ने तयारी गरेका छन् । डा. शेखर कोइराला र प्रकाशमान सिंह समूहबाट एक–एक मन्त्री बनाउने देउवाको तयारी रहेको बताइएको छ ।

उता नेकपा माओवादीबाट पनि मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको चर्चा रहेको छ ।

त्यस्तै, लोसपा सरकारमा सहभागी भए शरतसिंह भण्डारी र अनिल झा मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।