२ कार्तिक २०८३, सोमबार

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन कोरोना सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ५ असार । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई शनिबार कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनका अनुसार, ४५ वर्षीय सुलिभानमा सङ्क्रमणको लक्षण देखिएको छैन र उनी अमेरिकी राष्ट्रपति जो बिडेनसँग नजिकको सम्पर्कमा छैनन्।

सङ्क्रमित हुने उनी बाइडेन प्रशासनका पछिल्लो सदस्य हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड ६० लाख कोभिड-१९ का घटनाहरू १० लाखभन्दा बढीको मृत्यु भएको छ। –रासस