२ कार्तिक २०८३, सोमबार

बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्यु, ४० लाख मानिस अलपत्र

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ५ असार । बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्यु भएको छ ।

बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा एकसातादेखि जारी वर्षापछि आएको बाढीका कारण ४० लाख मानिस अलपत्र परेको बंगलादेशका अधिकारीहरूले बताएका छन् । बाढीका कारण राजधानी ढाकासँगै जाकिगन्ज, जैतियापुर, बिश्वनाथ जिल्ला डुबानमा परेका छन् ।

हजारौंको घरमा बाढी पस्दा करोडौंको धनमाल नष्ट भएको छ ।

यसैगरी भारतको मेघालयमा आएको बाढीमा १६ जनाको मृत्यु भएको छ । भारतको उत्तरी राज्यहरू आसाम र मेघालयमा बाढीका कारण अधिकांश घरहरु डुबानमा परेका छन् । भारतका १८ लाख मानिस बाढीले विस्थापित भएका छन् । एजेन्सी