
काठमाडौँ, ४ असार । एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ । किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा १०८ रनको माध्यम योगफल पछ्याएको कुवेतले ७ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सक्यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासले २७ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् । उपकप्तान इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।















प्रतिक्रिया