
काठमाडौं, ४ असार । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् ।
बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हो । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भए पनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ ।
एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै समूहले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेका छन् ।















प्रतिक्रिया