
काठमाडौं, ४ असार । ‘पीर’ गीत जस्तै सामाजको यर्थाथमाथि प्रहार गरिएको अर्काे सशक्त गीत ‘रुदा रुदै’ सार्वजनिक भएको छ ।
गायक भक्त प्रधानको स्वरमा सार्वजनिक गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । सुरवीर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाहुन समुदायको प्रेम र एकल महिलाको पीडा देखाइएको छ ।
महिला तथा एकल महिलाको आवाज उठाउने एन्जियोर आइएन्जियो शहर केन्द्रित भएको कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पीडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् । एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी शुरू गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियोमार्फत आफूले दिन खोजेको निर्देशक कोइरालाले बताए ।
‘महिलाको विषयमा काम गर्ने बिभिन संघसंस्था छन् । ति सबै शहर केन्द्रीत बढी देखिन्छ’ निर्देशक कोइरालाले भने ‘एकल महिलाको बिषयमा कामगर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’ भिडियोले महिलाको विषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।

भिडियोले एकल महिलाले जिन्दगी जोसँग काट्न मन छ । त्योसँग काट्न समाज किन बाधक ? भन्ने पश्न समेत उठाएको छ । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्जर राजु कार्कीले गरेका हुन् ।
दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।















प्रतिक्रिया